सोमबार, आश्विन २६,२०८३ 07:11:35
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 07:11:35
Bizshala
Global IME Bank Limited

सिटी एक्सप्रेसको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न, २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक

Bizshala
सिटी एक्सप्रेसको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न, २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक
New Office

काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाण्डौ कमलादीस्थित आफ्नै कार्यलय भवनमा ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कोरियाबाट निराजन ढकालले जि मनिट्रान्समार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा ‘१८ औं वर्षमा १८ गुणा,परिवारमा खुशीलाखौ गुणा’योजनाअन्तर्गत आफुले पठाएको रकमको १८ गुणा गरी रु ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका थिए र सोही रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ । 

उक्त कार्यक्रममा नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १ हजार ६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टपअप)  , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट  फोन ) जित्न सफल भईसकेका छन् ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक बर्ष नयाँ–नयाँ विषयवस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस वर्ष भने आर्थिक सम्वृद्धि बिषय वस्तुमा क्यालेन्डर तयार पारेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.