सोमबार, आश्विन २६,२०८३ 07:10:48
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 07:10:48
Bizshala
Global IME Bank Limited

ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड

Bizshala
ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड
New Office

काठमाण्डौ । नेपाल सरकारको ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) र सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड (सीएसआरआई) नेपालले महत्त्वपूर्ण सुझाव दिएका छन् । यी दुई संस्थाले ई–गभर्नेन्स ब्लुप्रिन्टलाई थप समावेशी, प्रभावकारी र भविष्यमुखी बनाउन आफ्नो दृष्टिकोण र राय राखेका हुन् ।

प्रधानमन्त्री कार्यालय अन्तर्गतको ई(गभर्नेन्स बोर्डले विद्युतीय सुशासनमार्फत आर्थिक पारदर्शिता र प्रतिस्पर्धात्मकता बढाउने रणनीतिसहित ई(गभर्नेन्स ब्लुप्रिन्टको मस्यौदा ल्याएको थियो । यसमा सरोकारवालाका तर्फबाट सुझाव दिने क्रममा सीएसआरआई नेपाल र एनपीसर्टले संस्थागत संरचनाको सुदृढीकरणदेखि साइबर सुरक्षा र जोखिम व्यवस्थापनमा केन्द्रित हुनुपर्ने विषय उठाएका छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

साइबर सुरक्षा र जोखिम व्यवस्थापनमा एनपीसर्टको जोड

एनपीसर्टले संस्थागत संरचनाको सुदृढीकरण र साइबर सुरक्षा सुधारमा जोड दिँदै सरकारी निकायहरूको भूमिका स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याएको छ । एनपीसर्टले ई(गभर्नेन्स कार्यक्रमहरूको प्रभावकारी निगरानीका लागि कानुनी आधारमा केन्द्रीय निकाय स्थापना गर्नुपर्ने र मन्त्रालय तथा विभागहरूबीच समन्वय बढाउनुपर्नेमा जोड दिएको छ ।

ई–गभर्नेन्स ब्लुप्रिन्टलाई अझ स्पष्ट र विशिष्ट बनाउनुपर्ने भन्दै एनपी सर्टले  डिजिटल नेपाल फ्रेमवर्कसँग मिल्ने गरी तयार पार्न सुझाव दिएको छ ।

साथै, एनपीसर्टले राष्ट्रिय डेटा सेन्टरको स्थापना, साइबर सुरक्षा केन्द्रको सुदृढीकरण र क्लाउड कम्प्युटिङको प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरेको छ । यसो भएमा डिजिटल संरचना मजबुत हुने र सुरक्षित ब्याकअप प्रणाली स्थापना गर्न मद्दत पुग्ने संस्थाको राय छ ।

त्यस्तै, निजी डेटा सुरक्षा कानूनको कार्यान्वयन र डिजिटल परिचय प्रणालीको सुरक्षा सुनिश्चित गर्ने पक्षमा पनि एनपीसर्टले सुझाव दिएको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

डिजिटल सेवामा नैतिकता र नागरिक विश्वासमा विशेष ध्यान दिन सीएसआरआई नेपालको आग्रह

सीएसआरआई नेपालले डिजिटल सेवाको नैतिक प्रयोग र नागरिक विश्वासमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिएको छ । सरकार र नागरिकको बीचमा विश्वास कायम हुनुपर्ने भन्दै सीएसआरआईले डिजिटल सेवाले नागरिकको सशक्तिकरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गरेको छ ।  

सीएसआरआईले डिजिटल विभाजन हटाउनका लागि ग्रामीण क्षेत्रमा इन्टरनेट र अन्य पूर्वाधार सुधार गर्नुपर्ने र डिजिटल साक्षरता कार्यक्रमहरू सातै प्रदेशमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

साथै, ब्लकचेन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधिको प्रयोग गरेर प्रतिक्रिया प्रणाली (रेस्पोन्स सिस्टम) लाई सुरक्षित र पारदर्शी बनाउनुपर्ने कुरामा जोड दिइएको छ ।

मुलुकी अपराध संहिता र अन्य कानुनी व्यवस्थाहरूलाई अपडेट गर्नुपर्ने र नेपालको साइबर कानुनलाई विश्वव्यापी साइबर सुरक्षा प्रचलनसँग मिलाउनुपर्ने सुझाव पनि राखिएको छ ।

सीएसआरआईले सबै मन्त्रालयहरूमा सूचना प्रविधि शाखा स्थापना गर्नुपर्ने, संघीय, प्रदेश र स्थानीय सरकारहरूबीच डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्नुपर्ने र विश्वविद्यालयलाई शैक्षिक पाठ्यक्रम सञ्चालनको जिम्मेवारी दिनुपर्ने माग राखेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.