मंगलवार, चैत्र १९,२०८१ 11:15:17
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:15:17
IME remit
Global IME Bank Limited

स्मार्ट प्रिन्टिङको अनुभव दिने ‘ब्रदरको डीसीपी–टी८३०डीडब्लू’ मोडलको प्रिन्टर सार्वजनिक

Hyundai Nepal
स्मार्ट प्रिन्टिङको अनुभव दिने ‘ब्रदरको डीसीपी–टी८३०डीडब्लू’ मोडलको प्रिन्टर सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रदरको डीसीपी–टी ८३० डीडब्लू मोडलको नयाँ प्रिन्टर बजारमा ल्याएको हो ।  

नेपाली बजारमा आएसँगै उक्त प्रिन्टर सार्वजनिक भई बिक्री वितरण सुरु भएको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले बताइन् । उत्कृष्ट कार्यक्षमता भएको यो प्रिन्टरले प्रयोगकर्तालाई कार्य सम्पादनमा निकै सहज बनाउने बताइएको छ ।  

विश्व बजारमा प्रयोगकर्ताबीच निकै लोकप्रिय डीसीपी–टी८३० डीडब्लू प्रिन्टर नेपाली बजारमा पनि उपभोक्ताको रोजाइमा पर्ने विश्वास सागर ग्रुपले लिएको छ । ‘हामीले लामो समयदेखि ब्रदरका प्रिन्टर बिक्री गरिरहेका छौं, गुणस्तर र प्रयोगका हिसाबले ब्रदरका प्रिन्टरबाट उपभोक्ता सन्तुष्ट  हुन्छ, नयाँ प्रिन्टरले प्रिन्टिङ फरक अनुभव दिनेछ,’ उनले भने ।  

Shivam Cement
Bizshala
CG Motors

प्रिन्टरमा ८० सिट्स भएको मल्टि– पर्पस ट्रे दिनुका साथै युजर फ्रेन्डली एलसीडी प्यानल पनि दिइएको छ । साथै, डुप्लेक्स फन्कसन भएको यस प्रिन्टरबाट वायरलेस एन्ड मोबाइल प्रिन्टको सुविधा पनि दिइएको छ ।  

प्रिन्टरको रेजोलुसन उच्च भएकाले स्पष्ट र सफा प्रिन्ट यसले सुनिश्चित गर्ने बताइएको छ । यो प्रिन्टरले गुणस्तरमा सम्झौता नगरी द्रुत आउटपुट सुनिश्चित गर्छ । प्रिन्टमा कनेक्टिभिटी विकल्पहरू जस्तै यूएसबी, वाइफाइ, ब्लुटूथ र नेटवर्क कनेक्शनमा उपलब्ध छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पारदर्शिता र व्यावसायिक क्षमता भएको यस प्रिन्टरमा कागज र आकारको पनि विकल्प  दिइएको छ ।  सागर ग्रुपले प्रिन्टरमा कुनै समस्या आएको खण्डमा तत्काल मर्मत सेवा उपलब्ध भएका कारणले ब्रदर प्रिन्टर खरिद गरेर पछुताउनु पर्ने वातावरण नबन्ने उपाध्यक्ष मानन्धरले बताइन् ।  

औसत मूल्यमा उपलब्ध यो प्रिन्टरले कार्यभार क्षमता उपयुक्त राख्ने बताइएको छ ।  नयाँ डिजाइनका साथ आएका डीसीपी–टी८३०डीडब्लू प्रिन्टरले उपयोगकर्ताको अनुभवलाई सहज बनाउने बताइएको छ ।  

सो प्रिन्टर डिलर साथै बेलियो डट कममा गएर विभिन्न मोडलका प्रिन्टरको फिचर हेर्न र खरिद गर्नसक्ने बताइएको छ । यस्तै, ब्रदरको डीसीपी–टी८३०डीडब्लू, डीसीपी–टी५३०डीडब्लू, डीसीपी–टी७३०डीडब्लू, एमएफसी–टी९३०डीडब्लू र डीसीपी–टी४३०डब्लू मोडलको प्रिन्टर पनि बजारमा उपलब्ध रहेको सागर ग्रुपले बताएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.