सोमबार, आश्विन २६,२०८३ 07:10:18
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 07:10:18
Bizshala
Global IME Bank Limited

कोटेश्वरको भाटभटेनीमा राजावादीको तोडफोड, भवन क्षतिग्रस्त

Bizshala
कोटेश्वरको भाटभटेनीमा राजावादीको तोडफोड, भवन क्षतिग्रस्त
New Office

काठमाण्डौ । राजावादी प्रदर्शनकारीहरुले व्यक्तिका निजी सम्पत्तिमाथि तोडफोडलाई व्यापक बनाएका पाइएको छ । व्यक्तिका निजी घर, रेष्टुराँ, मिडियाहाउसदेखि लिएर सुपरमार्केटसम्म पनि राजावादीको निशानामा परे ।  

विशेष गरी राजावादीहरुले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रीस उनीसँग विगतका कुनै न कुनै कोणबाट जोडिएका वा निकट मानिएकाहरुविरुद्ध तोडफोड गरी पोखेका देखिएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सो क्रममा नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयका लागि जग्गा र भवन गरी करिब १ अर्बको सहयोग घोषणा गरेका व्यवसायी मीनबहादुर गुरुङबाट सञ्चालित भाटभटेनीलाई समेत प्रदर्शनकारीले तारोमा पारे ।  

काठमाण्डौको तीनकुनेबाट प्रहरीले लखेटेका प्रदर्शनकारीहरु कोटेश्वरस्थित भाटभटेनीमा पुगेर तोडफोड गर्र्दै सामाज बाहिर निकालेर आगजनीमा समेत उत्रिए ।  

प्रदर्शनकारीको ढुंगामूडाबाट भाटभटेनीको कोटेश्वरस्थित आउटलेट क्षतिग्रस्त बनेको छ । भवनका सिसाहरु समेत फूटेका छन् । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

भाटभटेनीका कर्मचारीकाअनुसार सुरक्षागार्डलाई धकेलेर सुपरस्टोरभित्र छिरेका प्रदर्शनकारीहरुले तरकारी र सामानहरु बाहिर फ्याकेर नष्ट गरिदिएका थिए ।  

भाटभटेनी सुपरमार्केटले घटनालगत्तै प्रहरीलाई खबर गरे पनि सुरक्षा नपाइएको गुनासो गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.