सोमबार, आश्विन २६,२०८३ 07:11:36
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 07:11:36
Bizshala
Global IME Bank Limited

पन्ड्स स्किन इन्स्टिच्युटमा परिणत भयो पन्ड्स

Bizshala
पन्ड्स स्किन इन्स्टिच्युटमा परिणत भयो पन्ड्स
New Office

काठमाण्डौ । पन्ड्सले आफ्नो नाम परिवर्तन गरेको छ । कम्पनीले ‘मिराकल्स ह्याप्पेन्स’ ट्यागलाइनसहित पन्ड्सबाट पन्ड्स स्किन इन्स्टिट्युटमा नाम परिवर्तन गरेको हो ।  

यसले ब्रान्डको आधारभूत विषयवस्तुः अनुसन्धान, विज्ञान र विशेषज्ञतालाई उजागर गर्ने कम्पनीले जनाएको छ ।

यसमार्फत बजारमा आफूलाई पुनः प्रस्तुत गर्दै उपभोक्ताको व्यक्तिगत छाला सम्बन्धित समस्याहरूको समाधानका लागि शक्तिशाली तत्वहरू र फराकिलो प्रदक्तहरूका साथ समाधान प्रस्तुत गरिने कम्पनीको विश्वास छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

पन्ड्स स्किन इन्स्टिट्युटले आफ्ना फोर्मुलामा तीन प्रमुख इन्ग्रीडीएन्टहरू प्रस्तुत गरेको छ – निआसिनामाइड, हायल्यूरोनिक एसिड र सक्रिय चारकोल । जुन कम्पनीको फेसवाश र फेस मोइस्चुराइजरहरु जस्ता प्रमुख प्रडक्टहरूमा पाइन्छ, र प्रत्येक इन्ग्रीडीएन्ट त्वचाको विशेष समस्यामा लक्षित रहेको कम्पनीको भनाई छ । ब्रान्डले नयाँ र नवप्रवर्तनप्रदक्तहरूको माध्यमबाट नेपालमा विश्वव्यापी गुणस्तरअनुसार उपभोक्तालाई उत्तम समाधान दिन चाहेको उल्लेख गरेको छ । 

पन्ड्स स्किन इन्स्टिट्युटको ब्राइट ब्युटी सिरम क्रिममा निआसिनामाइड मुख्य इन्ग्रीडीएन्टको रूपमा पाइन्छ, जुन छालाका तहहरूम ागहिरो प्रवेश गर्छ (एपिडर्मिस भित्र), ९६ प्रतिशत स्पट रिडक्सन (स्पट रिडक्सनका लागि गरिएको क्लिनिकल अध्ययनको आधारमा) र चम्किलो त्वचा प्रदान गर्छ । नयाँ प्रस्तुत गरिएको पन्ड्स सुपरलाइट जेलमा हायल्यूरोनिक एसिड मुख्य इन्ग्रीडीएन्टको रूपमा पाइन्छ, जसले २०० प्रतिशत तत्काल हाइड्रेसन (२०१९मा गरिएको क्लिनिकल अध्ययनका आधारमा) प्रदान गर्दछ, जसले छालालाई अघिल्लो भन्दानयाँ र हाइड्रेसनयुक्त राख्छ । डिटक्स रेंजको फेसवाश, जसमा सक्रिय चारकोल १०x प्रभावकारी(एड्सोप्र्शनद्वारा) हुन्छ, र साना प्रदूषणका कणहरू बाहिर ल्याउँछ, जसले छालालाई चम्किलो बनाउँछ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

पन्ड्सले १६ चैत्र, २०८१ मा हायत रिजेन्सीमा एक कार्यक्रम आयोजना गरेको थियो । जहा इन्ग्रीडीएन्टहरूको कार्य प्रणालीको व्यावहारिक उदाहरण प्रस्तुत गरिएको थियो । साथै प्रत्येक त्वचा प्रकारको लागि इन्ग्रीडीएन्टहरूको महत्व र पन्ड्स कसरी उपभोक्ताका आवश्यकताहरू अनुसार आफुलाई पुनःआकार गर्दै छ भन्ने बारे एक प्यानल बनाइ छलफल गरियो । प्यानलमा अक्ष्यता वैद्य (स्किन केयर अनुसन्धान र विकास प्रमुख, पन्ड्स भारत बियु), डा. श्रुजना श्रेष्ठ (सल्लाहकार तथा छाला रोग विशेषज्ञ, लेजर र एस्थेटिक चिकित्सक), गीताञ्जली कार्की (स्किनकेयर प्रेमी, मेकअप आर्टिस्ट र फिटनेस कोच) र रुची श्रेष्ठ (विज्ञापन प्रबन्धक – युनिलिभर नेपाल) रहेका थिए ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.