बिहीबार, चैत्र २१,२०८१ 02:25:38
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:25:38
IME remit
Global IME Bank Limited

चैत २१ देखि ‘नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप’ आयोजना हुँदै

Hyundai Nepal
चैत २१ देखि ‘नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप’ आयोजना हुँदै
Nabil Bank Limited

काठमाण्डौ । नेपाल कफी व्यवसायी महासंघले नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना गर्ने भएको छ।

महासंघका अनुसार चैत्र २१ देखि २३ गतेसम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा कफी फेस्टिभल एण्ड च्याम्पियनसिप आयोजना हुनेछ।

कफी उद्योगको मूल्य शृङखलाअनुरुप कार्य गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई अवसरहरुको खोजी गर्न, ज्ञान बाँडन र नेपालको कफी क्षेत्र विकास प्रर्वद्धन गर्न, एकिकृत गर्ने यो एउटा महत्वपूर्ण कार्यक्रम भएको महासंघले जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

कफीको आन्तरिक एवं बाह्य बजार प्रवद्धन गर्ने, कफी क्षेत्र विकास प्रवर्द्धन गर्ने, उद्यमी व्यवसायीको आफ्ना उत्पादनहरु, सेवाहरुको प्रर्दशनी, कफीको राष्ट्रिय विद्यागत प्रतिस्पर्धार पुरस्कार (क्याफेवारिस्ता, लाते ऑटर बुइङ्ग ) लगायत कफीको मूल्य शृङखला अनुरुप विविध विषयका वर्तमान अवस्था र वस्तुस्थितीलाइ सम्बोधन हुने गरि लगानीमैत्री वातावरण तय गर्दै सरोकार सम्वद्ध सम्पूर्ण मन्त्रालयहरु, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँग सहकार्य एवं समन्यवय गरि यस कार्यक्रमको आयोजना गर्न लागिएको महासंघले जानकारी दिएको छ।

नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, युरोपियन युनियन तथा कफी क्षेत्र उद्योग सम्बन्धित व्यवसायहरुको सहकार्य एवं समन्वयमा आयोजना हुन लागेको हो।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, प्रदर्शनी, कफीको स्वाद र प्रतियोगिता र नेटवर्किङ अवसर यस फेस्टिभलका मूख्य आर्कषणहरु रहेका छन्।

महासंघका अनुसार यस फेस्टिभलले नेपालको कफी वृद्धिलाई बढावा दिने, नेपाली कफीको अन्तर्राष्ट्रिय मान्यतालाई बलियो बनाउने र कफी उत्पादक क्षेत्रहरुमा आर्थिक विकास र सामाजिक उत्थानका लागि अवसरहरु सिर्जना गर्नेछ।

यसका साथै, महासंघले कफी उत्पादक, उद्योग व्यवसायी र कफीक्षेत्रमा रुचि राख्ने सबैलाई कफी फेस्टिभल एण्ड च्याम्पियनसिपमा भाग लिन आग्रह समेत गरेको छ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.