सोमबार, असार २,२०८२ 11:58:18
  • सोमबार, असार २,२०८२ 11:58:18
Global IME Bank Limited

राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा पार्की आइसक्रिम निःशुल्क वितरण

Hyundai Nepal
राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा पार्की आइसक्रिम निःशुल्क वितरण
Nabil Bank Limited

काठमाण्डौ । सिभान्स फुड प्रडक्ट प्रालिद्वारा उत्पादित‘पार्की आइसक्रिम’ले राष्ट्रिय आइसक्रिमदिवसको अवसरमा निःशुल्क आइसक्रिम वितरण गरेको छ ।  

कम्पनीले काठमाण्डौको नयाँबानेश्वर, कोटेश्वर, भक्तपुरको लोकन्थली, ठिमी, सुर्यविनायक र काभ्रेको बनेपालगायतका स्थानबाट एकलाख मुल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो ।  

नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ (निबा) ले यो दिवसलाई औपचारिक रुपमा मनाउन ‘आइसक्रिम फर एभ्री सिजन’नारा तय गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यही नारालाई आत्मसात गर्दै देशभरका आइसक्रिम उद्योगी व्यवसायीले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय आइसक्रिम दिवस मनाउन गइरहेका छन् ।  

यसैक्रममा आइसक्रिम दिवसकै अवसर पारेर पार्की आइसक्रिमले पनि आइसक्रिम पारखीका लागि खुशी बाँडेको प्रबन्ध निर्देशक मुरारी कुमावतले जानकारी दिए । ‘आज हामी आइसक्रिम व्यवसायीहरुको महत्वपूर्ण पर्व हो ।’ प्रबन्धक निर्देशक कुमावतले भने– ‘यो पर्व र खुशीयालीको दिनमा हामी पनि स्वदेशी आइसक्रिम पारखीसँग रमाउन हामीले निःशुल्क आइसक्रिम वितरण गरेका हौं ।’  

यसलाई आइसक्रिमका उपभोक्ता बढाउने सानो अभियान र प्रयास भएको पनि उनले बताए ।  

विभिन्न अवसरहरुमा पार्कीले निःशुल्क आइसक्रिम लगायतका प्रचारमुलक सामाग्री समेत वितरण गर्दै आएको छ । गएको कृष्ण जन्मअष्टमीको अवसर पारेर पार्कीले कोटेश्वरको महादेब मन्दिर परिसरमा खटिएका स्वयंम सेवकलाई पार्की ब्राण्डको प्रिन्टेड टिसर्ट वितरण गरेको थियो ।

आइसक्रिमको क्षेत्रमा २५ बर्षको अनुभव पछि उत्पादन सुरु गरिएको पार्की ब्राण्डको आइसक्रिम स्वाद, सन्तुष्टि र स्वास्थ्यलाई विशेष ध्यानदिएर उत्पादन गरिदै आएको छ । पार्की आइसक्रिम हाल चकलेट, भेनिला, स्ट्रेबरी, मिन्ट, फ्रुट, बटर स्कचलगायतका ४० प्रकारका स्वादहरुमा उपलब्ध छन् । काठमाण्डौ उपत्यका लगायत आसपासका प्रमुख शहरहरु गरी पार्की आइसक्रिमलाई ८०० बढी स्थानबाट विक्री वितरण गरिदै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.