सोमबार, आश्विन २६,२०८३ 01:44:38
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 01:44:38
Bizshala
Global IME Bank Limited

सहुलिय कृषि कर्जाका लागि बैंकहरुले सहजीकरण गर्ने

Bizshala
सहुलिय कृषि कर्जाका लागि बैंकहरुले सहजीकरण गर्ने
New Office

काठमाण्डौ । कृषक तथा उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि स्याङ्जामा रहेका बैंकहरुले सहजीकरण गर्ने भएका छन् । कृषकहरुले सहजरुपमा कृषि कर्जा नपाएको गुनासो गरे पछि बैंकहरुले सहजीकरण गर्ने र कर्जा उपलव्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।  

वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि तथा कृषकहरुसँगको छलफल पछि बैंकका प्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  

वालिङमा भएको कार्यक्रममा गरिमा बिकास बैंकका क्षेत्रिय प्रमुख लेखनाथ भट्टराईले सहज रुपमा कर्जा पाउने तरिकाका बारेमा कृषकहरुमा जानकारी कम रहेको बताए । उनले भने,‘ऋण बारेको जानकारी अभाव भएका कारण कृषकलाई कुरा बुझाउनै सकिएको छैन ।’ वित्तिय साक्षरता दिनका लागि पालिकाहरुसँग सहकार्य गर्ने उनको भनाई छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कृषि विकास बैंक वालिङका प्रमुख यमप्रसाद आचार्यले वास्तविक कृषकलाई ऋण प्रवाह गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । बैङ्कको कुल लगानीको २५ प्रतिशत कर्जा कृषिमा लगानी गरिदै आएको उनको भनाई छ ।  

नेपाल बैंक वालिङका प्रमुख दर्शना भट्टराईले ऋण एक शिर्षकमा लिने र खर्च अर्काे शिर्षकमा गर्ने क्रम बढेको बताए । उजले भने,‘ऋण लिएर कृषि कर्म गर्नहरुको लागि हामीले सहयोग गर्छौ ।’

कार्यक्रममा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रे, गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने र कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले कृषकहरुका लागि सहुलियत कर्जा प्रदान गर्न पालिकाले सहकार्य गर्ने जानकारी गराए । सस्तो व्याज दर र बिना धितो थोरै कर्जाले ठूलो काम हुने भन्दै उहाँहरुले बैङ्कहरुले सहयोग गर्नु पर्नेमा जोड दिए ।  

वालिङका उपप्रमुख तिवारीले एनएम्बी खेती कर्जा अन्तर्गत बिना धितो रु २ लाखसम्म कर्जा प्रवाह गर्न सुरु गरिएको जानकारी दिए । बिना धितो गाउँगाउँमा प्रवाह गरिने कर्जाले उत्पादन बढाउन सहयोग पुग्ने उनको भनाई छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकामा हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेका कृषि विकास परियोजनामा आवद्ध चार हजार ९९ कृषक परिवारलाई सहुलियत कर्जा प्रवाहका लागि छलफल गरिएको हेफर प्राजेक्ट नेपालका क्षेत्रिय प्रवन्धक प्रेम साम्वयुले जानकारी दिए । गाउँगाउँमा रहेका कृषकहरुलाई सहज रुपमा कृषि कर्जा उपलव्ध गराउने कार्यक्रमको योजना रहेको उनको भनाई छ ।  

कार्यक्रममा वाणिज्य बैङ्क वालिङका प्रमुख लिला गुरुङ,मुक्तिनाथ विकास बैंक वालिङका प्रमुख नविन काफ्ले,लक्ष्मी बैंक वालिङका प्रमुख मणिप्रसाद बस्याल, एनएम्बी खेती कर्जाका सुरज सुवेदी र सुरज गुरुङ, हेफर प्रोजेक्टका बरिष्ठ कार्यक्रम अधिकृत बिष्णु प्रसाद पाण्डे, वित्तिय अधिकृत नगेन्द्र भट्ट लगायतले सहज तथा सहुलियत  कर्जा प्रवाह र परिचालनका बारेमा जानकारी गराएका थिए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.