काठमाण्डौ । टायल ब्रान्ड कजारियाले सप्तरी जिल्लाको भार्दहमा नयाँ, अत्याधुनिक शोरूम उद्घाटन गरेको छ । यही पुस १४ गते सोमबार बिहान ११ः३० बजे सम्पन्न उक्त शोरूम उद्घाटन त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालनमा ल्याइएको हो ।
यस शोरूमले यस क्षेत्रका ग्राहकहरूलाई उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई सम्बोधन गर्दै परिष्कृत, अन्तरक्रियात्मक तथा विश्वस्तरीय खरिद अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर सर्वेश नायक, कजारियाका एरिया सेल्स प्रतिनिधि, विशिष्ट अतिथिहरू, व्यवसायिक साझेदारहरू तथा स्थानीय शुभेच्छुकहरूको उल्लेखनीय उपस्थितिका साथ उद्घाटन समारोह उत्साहपूर्ण रूपमा सम्पन्न भएको थियो । नायकले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरेका थिए ।
उक्त अवसरमा आफ्नो धारणा व्यक्त गर्दै त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रतिनिधिले भने, ‘गुणस्तर र नवीन डिजाइनका लागि परिचित कजारिया जस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं। यस शोरूममार्फत भार्दह तथा आसपासका क्षेत्रका ग्राहकहरूले सजिलै प्रिमियम टायलहरू प्राप्त गर्न सक्नुहुनेछ, जसले सुन्दर र दीगो संरचना निर्माणमा सहयोग पुर्याउने ।’
सप्तरीको भार्दहमा सुविधाजनक स्थानमा अवस्थित यस नयाँ शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदर्शित गरिएको छ, जुन आवासीय तथा व्यावसायिक दुवै प्रकारका आन्तरिक आवश्यकतालाई ध्यानमा राखी चयन गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।