काठमाडौं, नेपाल, २३ फेब्रुअरी २०२६ – नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टको एकमात्र आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ। जेसीबी एनुअल डिलर कन्फरेन्स २०२६ मा कम्पनीले लगातार चौथो वर्ष ‘डिलर अफ द इयर – साउथ एसिया रिजन’ अवार्ड जित्न सफल भएको हो। चार वर्षसम्म लगातार यो क्षेत्रीय स्तरको शीर्ष उपाधि जित्नुलाई कम्पनीको ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ।
यो अवार्ड १८ फेब्रुअरीमा श्रीलंकामा आयोजित वार्षिक जेसीबी डिलर सम्मेलनमा प्रदान गरिएको थियो। एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबी इन्डिया लिमिटेडका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीबाट यो सम्मान ग्रहण गर्नुभयो। कार्यक्रममा सीईओ तेज प्रसाद सुवेदी तथा सीओओ (रिटेल सेल्स) दुर्गा प्रसाद निरौलाको पनि उपस्थिति रहेको थियो।
“डिलर अफ द इयर’ अवार्ड उत्कृष्ट बिक्री, बजारमा मजबुत उपस्थिति र ग्राहक सन्तुष्टिको कडा मूल्यांकनका आधारमा प्रदान गरिन्छ। अत्यन्तै प्रतिस्पर्धाको बीचमा पनि एमएडब्लू अर्थमुभर्सले नेपालको हेभी इक्विपमेन्ट क्षेत्रमा आफ्नो अग्रणी स्थान र नम्बर १ को स्थिति जोगाइराख्न सफल भएको कम्पनीले जनाएको छ।
यो सम्मान कम्पनीप्रतिको विश्वास र उत्कृष्ट कामको प्रमाण भएको र आफ्नो फैलिँदो सञ्जाल र ग्राहकलाई प्राथमिकता दिने नीतिका कारण यो सम्भव भएको कम्पनीको भनाई छ।
सो अवसर मा एमएडब्लू ग्रुप अफ कम्पनीजका एमडी तथा चेयरम्यान विष्णु कुमार अग्रवालले भने, ‘यो महत्वपूर्ण उपलब्धिले हाम्रो नेतृत्व क्षमता, काम गर्ने शैली र ग्राहकले हामीमाथि राख्नुभएको विश्वासलाई फेरि प्रमाणित गरेको छ। हामी यो सम्मान देश निर्माणमा जुट्नुभएका सम्पूर्ण निर्माण समुदायलाई समर्पित गर्दछौं। सडक, पुल, जलविद्युत आयोजना, विमानस्थल र स्मार्ट सिटी निर्माणमा योगदान गर्ने प्रत्येक उद्यमी र पेसाकर्मी यस सम्मानका हकदार हुनुहुन्छ। हामी सबै मिलेर सशक्त नेपालको आधार निर्माण गरिरहेका छौं। लगातार चौथो वर्ष यो उपाधि जित्नुले उत्कृष्ट मेसिनरी र सेवामार्फत नेपालको विकासलाई गति दिने हाम्रो अठोटलाई अझ सुदृढ बनाएको छ।’
अग्रवालले देशभरका निर्माण व्यवसायीहरूलाई विशेष धन्यवाद दिए, जसको नेतृत्वले राष्ट्रिय पूर्वाधार विकास अघि बढिरहेको छ। साथै, उनले प्राविधिक, इन्जिनियर र सर्भिस प्रोफेसनल सम्मिलित जेसीबी टोलीको मिहिनेतले नै हरेक प्रोजेक्टमा विश्वसनीयता कायम भएको बताए। उनले यो सफलता राष्ट्र निर्माणमा समर्पित सबैको साझा जित भएको उल्लेख गरे।
एमएडब्लू अर्थमुभर्स, सन् १९६४ मा स्थापित नेपालको प्रतिष्ठित व्यावसायिक समूह एमएडब्लू ग्रुपको एक हिस्सा हो। जेसीबीको आधिकारिक वितरकका रूपमा यसले ब्याकहो लोडर, एक्जाभेटर, ह्वील्ड लोडर र टेलिह्यान्डलर लगायतका उपकरणहरू उपलब्ध गराउँदै आएको छ। कम्पनीको बलियो सर्भिस नेटवर्क देशभर फैलिएको छ।

