सोमबार, आश्विन २६,२०८३ 08:31:14
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 08:31:14
Bizshala
Global IME Bank Limited

कोशी र मधेसमा विस्तार हुँदै ‘जाऔं’, राइड सेयरिंङमा आकर्षक अफर

Bizshala
कोशी र मधेसमा विस्तार हुँदै ‘जाऔं’, राइड सेयरिंङमा आकर्षक अफर
New Office

काठमाण्डौ । कोशी प्रदेशमै पहिलो पटक सुनसरीको इटहरीबाट डेढ वर्ष अघि फुड डेलिभरी सुविधा दिनेगरी सञ्चालनमा आएको ‘जाऔँ’ ले शतप्रतिशत क्यास ब्याकसहितको राइड सेयरिंङको अफर बजारमा ल्याएको छ ।

नयाँ वर्ष २०८१ को अवसरमा पारेर ‘जाऔँ’ ले सो सुविधा बजारमा ल्याएको जाऔँ सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत दुर्गेश चौधरीले बताए ।

शतप्रतिशत क्यास ब्याकअन्तर्गत यात्रुहरूले पहिलो पटक जाऔँको सुविधा लिएबापत तिरेको सम्पूर्ण रकम यात्रुकै वालेटमार्फत क्यास ब्याक गरिने कम्पनीले जनाएको छ । यात्रु गन्तव्यमा पुगेपश्चात् सफलतापूर्वक यात्रा गरेको एसएमएस प्राप्त भएपश्चात् तत्कालै शतप्रतिशत क्यास ब्याक हुने चौधरीले बताए ।

दोस्रो पटकदेखि भने १० प्रतिशतसम्म क्यास ब्याक गरिने कम्पनीका कार्यकारी अधिकृत चौधरीको भनाइ छ । यात्रुले मोबाइलको प्लेस्टोरमा गएर जाऔँ को एप डाउनलोड गरेर चाहिए अनुसारको सुविधा लिन सक्नेछन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कोशी प्रदेशका धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, इनरुवा, झुम्कालगायतका मुख्य सहरहरूलाई लक्षित गरेर सञ्चालनमा आए पनि मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा समेत यो राइड सेयरिङको अफर ल्याएको कम्पनीले जनाएको छ ।

अन्य राइड सेयरिंङ  एपहरू भन्दा यात्रुहरूलाई जाऔँ एप प्रयोग गर्दा सहुलीयत पर्ने कार्यकारी अधिकृत चौधरीको भनाइ छ । जाऔँको एप प्रयोग गरेर राइड सुविधा लिएबापत प्रत्येक यात्रामा कम्पनीले प्वइन्ट प्रदान गरी वालेटमा सोही अनुसारको पैसा फिर्ता गरिदिने व्यवस्था समेत मिलाएको छ।

जाऔँले मुख्य सहरहरूमा १ सय भन्दा बढी राइडरहरुको रजिष्ट्रशन गरिसकेको जनाएको छ । यात्रुहरूलाई छिटो, छरितो र भरपर्दो सेवा दिनका लागि आफूहरूले सुविधा बिस्तार गर्दै लगेको कम्पनीले जनाएको छ । राइड सेयरिङका लागि यात्रुहरूले मोटरसाइकल, अटो र कारमा सुविधा लिन सक्नेछन् ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.