सोमबार, श्रावण १८,२०८३ 05:46:13
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:46:13
Bizshala
Global IME Bank Limited

फेसियल हाउसको शाखा अब भरतपुर सिजि ल्याण्डमार्कमा

फेसियल हाउसको शाखा अब भरतपुर सिजि ल्याण्डमार्कमा
New Office

काठमाण्डौ । फेसियल हाउसले सेवा भरतपुरमा आफ्नो सेवा विस्तार गरेको छ । वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेकाे फेसियल हाउसको ७ औं शाखा भरतपुरस्थित सिजि ल्याण्डमार्कमा खुलेको हो ।  

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले फेसियल हाउस चितवनमा आयोजित समारोहमा शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै उनले भरतपुरको समृद्वि यात्रामा फेसियल हाउस विस्तार उपयोगी हुने बताए ।  उनले स्मार्ट सिटि भरतपुर बनिरहदाँ सौर्यन्दसँग सम्बन्धित व्यवसायले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले सेवाग्राहीहरूले देशभर गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको शाखा अन्य स्थानमा पनि क्रमशः विस्तार गरिने बताइन् ।

यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यवाद दिए ।

काठमाण्डौ मलको चौथो तलामा प्रमुख शाखा रहेको फेसियल हाउसले चावहिल केएल टावर, पोखरा, सुर्खेत, धनगढी र हाल चितवनमा पनि सेवा विस्तार गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.