सोमबार, श्रावण १८,२०८३ 05:45:51
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:45:51
Bizshala
Global IME Bank Limited

नेपाल हाइड्रो एक्स्पो: एक्सप्लोर अर्थमुर्भसको कसमस पम्प प्रदर्शनीमा

नेपाल हाइड्रो एक्स्पो: एक्सप्लोर अर्थमुर्भसको कसमस पम्प प्रदर्शनीमा
New Office

काठमाण्डौ । मिति ११ बैशाख २०८१ देखि १४ बैशाख २०८१ सम्म काठमाण्डौंको भृकुटी मण्डपमा नेपाल हाइड्रो एक्स्पो सुरु भएको छ । एक्पोमा एक्सप्लोर अर्थमुर्भस प्रालिले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्प समेत प्रदर्शनीमा राखिएको छ । 

भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता एक्सप्लोर अर्थमुर्भस प्रा. लि. रहेको छ ।  

उक्त पम्पले टनेल, जलविद्युत आयोजनाको ड्याम, पुलको जग, धापिलो स्थानमा निर्माण हुने संरचनामा जम्मा भएको फोहर पानी, लेदो माटो आदि निष्कासन गर्न अति नै उपयोगी हुन्छ । मानिस जान नमिल्ने स्थान, जलविद्युत आयोजनाका जोखिमयुक्त सुरुङ, गहिरो इनार आदि स्थानमा यसबाट सहजै काम गर्न सकिन्छ । यो १.५ हर्ष पावरदेखि १ हजार हर्षपावर गरी विभिन्न क्षमतामा उपलब्ध छ ।  

नेपालमा उर्जाको क्षेत्रमा धेरै आयोजनाहरु निर्माणाधीन भइराखेको अवस्थामा यो पम्पले आयोजना समयमै सम्पन्न गर्न सहयोगी हुने कम्पनीले दाबी गरेको छ । कम्पनीले यो मेसिन समयमै डेलिभरी गर्ने र बिक्री पछिको छिटो छरितो सेवा दिने गरेको जनाएको छ । यो पम्पको सहायताले जलविद्युत आयोजनाको निर्माण गरी आर्थिक उन्नती गर्न र देशको आर्थिक अवस्था माथि उठाउन मद्धत मिल्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.