शुक्रबार, आश्विन २,२०८३ 11:18:43
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 11:18:43
Bizshala
Global IME Bank Limited

नेपालमै बनेको ‘यात्री पी-२’ को मूल्य सार्वजनिक, ३ लाख २९ हजार ९०० रुपैयाँबाट सुरु

नेपालमै बनेको ‘यात्री पी-२’ को मूल्य सार्वजनिक, ३ लाख २९ हजार ९०० रुपैयाँबाट सुरु
New Office

काठमाण्डौ। सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने नयाँ विद्युतीय स्कुटर ‘यात्री पी–२’ को मूल्य सार्वजनिक गरेको छ। तीनवटा ब्याट्री विकल्पमा उपलब्ध हुने स्कुटरको प्रारम्भिक मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।

ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रङ, आराम तथा कनेक्टिभिटीसम्बन्धी सुविधा छनोट गरी स्कुटरलाई आफूअनुकूल बनाउन सक्ने कम्पनीले जनाएको छ।

नेपालका उकालो बाटो, घुम्ती सडक, शहरी ट्राफिक तथा लामो दूरीको यात्रालाई लक्षित गरी पी–२ विकास गरिएको कम्पनीको दाबी छ। विद्युतीय सवारीसाधनको इन्जिनियरिङ, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक्स, सफ्टवेयर र कनेक्टेड मोबिलिटीलाई एउटै प्लेटफर्ममा समेटेर स्कुटर तयार गरिएको हो।

Shivam Cement
Bizshala
CG Motors

तीन ब्याट्री, अधिकतम १५७ किलोमिटर रेन्ज

यात्री पी–२ तीनवटा ब्याट्री क्षमतामा उपलब्ध हुनेछ। कम्पनीका अनुसार ३ किलोवाट आवर ब्याट्रीले शहरी सडकको वास्तविक अवस्थामा ९० किलोमिटर, ३.७ किलोवाट आवर ब्याट्रीले ११२ किलोमिटर र ५.२ किलोवाट आवर ब्याट्रीले १५७ किलोमिटरसम्म रेन्ज दिनेछ।

थप रेन्ज चाहने प्रयोगकर्ताले ‘एक्सटेन्डर प्याक’मार्फत थप ५० किलोमिटरसम्मको यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। स्कुटरको ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराइनेछ।

पाङ्ग्रामा ३१५ एनएम टर्क

पी–२ मा पीएमएसएम मिड–ड्राइभ मोटर जडान गरिएको छ। यसले पाङ्ग्रामा ३१५ एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। उकालो बाटोमा समेत निरन्तर कार्यसम्पादन कायम राख्न एक्टिभली कुल्ड हाई–पावर कन्ट्रोलर प्रयोग गरिएको छ।

स्कुटरमा उच्च मजबुतीको स्टिल चेसिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ। सुरक्षाका लागि अगाडि र पछाडि डिस्क ब्रेकसहित कम्बाइन्ड ब्रेकिङ प्रणाली उपलब्ध छ।

Muktinath Bikas Bank Limited

घरमै साढे दुई घण्टाभन्दा कममा चार्ज

पी–२ मा अनबोर्ड चार्जर जडान गरिएको छ। यसले घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोक्नुपर्ने आवश्यकता हटाउने कम्पनीले जनाएको छ। ब्याट्रीको क्षमताअनुसार घरमै साढे दुई घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिनेछ।

स्कुटरले डीसी फास्ट चार्जिङसमेत सपोर्ट गर्छ। तोकिएको चार्जिङ अवस्थामा करिब ४१ मिनेटमा ब्याट्री चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। सिप्रदी यात्रीले देशभर चार्जिङ सञ्जाल विस्तार गर्ने योजना पनि अघि सारेको छ।

सात इन्चको डिस्प्ले, वायरलेस कारप्ले र एन्ड्रोइड अटो

पी–२ मा सात इन्चको टीएफटी डिस्प्ले राखिएको छ। यसमा वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा उपलब्ध हुनेछ। डिस्प्लेबाट नेभिगेसन र सवारीसँग सम्बन्धित आवश्यक विवरण हेर्न सकिनेछ।

स्कुटरमा रहेका सेन्सरले कम्पासको दिशा, रोल तथा पिचसम्बन्धी सूचना वास्तविक समयमा उपलब्ध गराउनेछन्। फोरजी कनेक्टिभिटीमार्फत स्कुटर यात्रीको नेटवर्कसँग जोडिनेछ।

मोबाइल एपबाट सवारीको प्रत्यक्ष अवस्थिति, ब्याट्री चार्जको अवस्था, रुट योजना तथा सर्भिस अपोइन्टमेन्टसम्बन्धी सुविधा प्रयोग गर्न सकिनेछ। ‘प्रोक्सिमिटी डिटेक्सन’ प्रविधिले चाबी प्रयोग नगरी स्कुटर सञ्चालन गर्न सहयोग गर्नेछ।

यसमा विभिन्न राइडिङ मोड, स्मार्ट चार्जिङ मोड, बहुस्तरीय रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड र क्रुज कन्ट्रोलसमेत उपलब्ध छन्। चोरी नियन्त्रणका लागि एन्टी–थेफ्ट नोटिफिकेसन तथा मोटर लकजस्ता सुविधा दिइएको छ।

अक्टोबरदेखि एक्सपेरियन्स सेन्टर

काठमाण्डौको टेकुमा निर्माण भइरहेको सिप्रदी यात्रीको नयाँ ‘एक्सपेरियन्स सेन्टर’ अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी छ। त्यहाँ ग्राहकले पी–२ हेर्न, टेस्ट राइड लिन र बुकिङ गर्न सक्नेछन्।

नाडा अटो शोमा स्कुटर बुकिङ गरेका ग्राहकलाई प्राथमिकताका आधारमा डेलिभरी गरिने कम्पनीले जनाएको छ। ३.७ किलोवाट आवर र ५.२ किलोवाट आवर क्षमताका भेरियन्टको डेलिभरी अक्टोबर मध्यदेखि नोभेम्बरसम्म सुरु गर्ने योजना छ। बाँकी भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु गरिनेछ।

सिप्रदी यात्रीले दुई वर्षभन्दा लामो समय लगाएर पी–२ विकास गरेको जनाएको छ। स्थानीय सडक र भौगोलिक अवस्थाका लागि नेपालमै विकास गरिएको स्कुटरलाई भविष्यमा विश्व बजारमा पुर्‍याउने कम्पनीको लक्ष्य छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.