काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ विशेष योजना सञ्चालनमा ल्याएको छ।
सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले रु. ४.३३ लाख डाउनपेमेन्टमै नयाँ टियागो ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। पुरानो गाडी साटेर नयाँ विद्युतीय गाडीमा स्तरोन्नति गर्न चाहने ग्राहकलाई लक्षित गर्दै कम्पनीले ‘एक्सचेन्ज, अपग्रेड र सेलिब्रेट’ भन्ने सन्देशसहित योजना ल्याएको हो।
योजनाको अवधिमा नयाँ टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन्। पुरानो गाडी एक्सचेन्ज गर्ने ग्राहकलाई ‘बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन’ उपलब्ध गराइने सिप्रदीले जनाएको छ।
यस अवधिमा गाडी खरिद गर्ने ग्राहकले निःशुल्क एसेसरिज, एक वर्षको सवारी कर तथा होम चार्जिङ स्टेसन जडानको सुविधा पनि प्राप्त गर्नेछन्। यी सुविधाले गाडी खरिदसँगै खरिदपछिको खर्चसमेत घटाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ।
आधुनिक डिजाइन, सहज विद्युतीय ड्राइभिङ अनुभव र दैनिक प्रयोगमैत्री विशेषताका कारण टियागो ईभी नेपाली बजारमा रुचाइएको विद्युतीय गाडीमध्ये एक रहेको कम्पनीले जनाएको छ।
इच्छुक ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक सोरुममा सम्पर्क गरी गाडीबारे जानकारी लिन, टेस्ट ड्राइभ गर्न तथा उपलब्ध अफरको लाभ लिन सक्नेछन्। यो योजना सेप्टेम्बर २६ सम्म मात्र लागू हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।