सोमबार, आश्विन ५,२०८३ 06:14:26
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 06:14:26
Bizshala
Global IME Bank Limited

जर्मनीका अटो उद्योगका श्रमिक सडकमा, फक्सवागनको नाफा घट्ने चेतावनीपछि विरोध प्रदर्शन

जर्मनीका अटो उद्योगका श्रमिक सडकमा, फक्सवागनको नाफा घट्ने चेतावनीपछि विरोध प्रदर्शन
New Office

काठमाण्डौ। जर्मनीका अटोमोबाइल उद्योगमा कार्यरत श्रमिकहरूले सोमबार देशव्यापी रूपमा विरोध प्रदर्शन गरेका छन्। युरोपकै ठूलो कार निर्माता फक्सवागनले नाफा घट्ने चेतावनी दिएको तीन दिन नबित्दै श्रमिकहरूले बढ्दो लागत, एसियाली प्रतिस्पर्धा र रोजगारी कटौतीको विरोधमा प्रदर्शन गरेका हुन्।

फक्सवागन, बीएमडब्ल्यू तथा अटो पार्ट्स निर्माता बोस्चका विभिन्न प्रतिष्ठानमा प्रदर्शन गरिएको हो। जर्मनीको अर्थतन्त्रको प्रमुख आधार मानिने अटो उद्योग अहिले रोजगारी कटौती, उत्पादन अन्य देशमा सार्ने सम्भावना तथा केही कारखाना बन्द हुन सक्ने चुनौतीसँग जुधिरहेको छ।

फक्सवागनले यसअघि आफ्नो पुनर्संरचना योजनाअन्तर्गत थप ५० हजार रोजगारी कटौती गर्ने योजना सार्वजनिक गरेको थियो। कम्पनीले यसै महिनाको सुरुवातमा श्रमिक प्रतिनिधि र व्यवस्थापनबीच भएको सहमतिअनुसार ठूलो पुनर्संरचना कार्यक्रम अघि बढाएको हो।

फक्सवागनको वर्क्स काउन्सिल प्रमुख ड्यानिएला काभालो र आईजी मेटल युनियनकी प्रमुख क्रिस्टियाने बेनरले चीनबाट हुने प्रतिस्पर्धाविरुद्ध थप प्रभावकारी संरक्षण, युरोपेली संघको अनुदान नीतिमा सुधार तथा चरणबद्ध अवकाश कार्यक्रमलाई निरन्तरता दिन माग गरेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फक्सवागनको मुख्यालय रहेको वोल्फ्सबर्गमा श्रमिकहरूलाई सम्बोधन गर्दै बेनरले जर्मनीलाई अटोमोबाइल राष्ट्रका रूपमा कायम राख्न, रोजगारी संरक्षण गर्न र वर्तमान समस्याको जिम्मेवारी व्यवस्थापनले लिनुपर्ने बताइन्।

जर्मनीसहित युरोपेली अटो निर्माता कम्पनीहरूले एसियाली प्रतिस्पर्धीबाट घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा बढ्दो प्रतिस्पर्धा सामना गरिरहेका छन्। फक्सवागनका लागि युरोपमा उत्पादन क्षमताभन्दा माग कम हुनु, अमेरिकी भन्सार नीति तथा चीनमा घट्दो नाफा थप चुनौती बनेका छन्।

फक्सवागनले शुक्रबार सन् २०२६ का लागि आफ्नो नाफा मार्जिनको अनुमान अधिकतम १ प्रतिशतमा सीमित गरेको थियो। चीनको कमजोर बजार, अवकाशसम्बन्धी बढेको खर्च तथा पोर्श ब्रान्डको कमजोर अपेक्षालाई कम्पनीले यसको प्रमुख कारणका रूपमा उल्लेख गरेको छ।

यसैबीच, विद्युतीय सवारीसाधनको माग बढे पनि तुलनात्मक रूपमा कम नाफा हुने विद्युतीय मोडलतर्फ बजार सर्दा जर्मन अटो उद्योगमाथि थप दबाब परेको छ। आईजी मेटलका अधिकारी होर्स्ट ओटले व्यवस्थापनले विद्युतीय गतिशीलता, डिजिटल प्रविधि र ब्याट्री प्रविधिमा आएको परिवर्तनअनुसार गति लिन नसक्दा जर्मनीको अटो तथा पार्ट्स उद्योग पछाडि परेको टिप्पणी गरेका छन्।

सोमबारको कारोबारमा फक्सवागनको सेयर करिब १ प्रतिशतले घटेको थियो भने पोर्शको सेयर १.६ प्रतिशतले ओरालो लागेको थियो। अघिल्लो कारोबारमा आएको गिरावटलाई निरन्तरता दिँदै दुवै कम्पनीका सेयरमा दबाब देखिएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.