आईतवार, कार्तिक १,२०८३ 06:57:55
  • आईतवार, कार्तिक १,२०८३ 06:57:55
Global IME Bank Limited

बिस्कुटमा गाईवस्तुको दाना मिसावट, नेपालमा ‘प्रियागोल्ड’को आयातदेखि बिक्रीसम्म रोक

Bizshala
बिस्कुटमा गाईवस्तुको दाना मिसावट, नेपालमा ‘प्रियागोल्ड’को आयातदेखि बिक्रीसम्म रोक
New Office

काठमाडौँ । मानिसले खाने बिस्कुटमा गाईवस्तुको दानाका लागि छुट्याइएको चोकर प्रयोग भएको विवरण सार्वजनिक भएपछि नेपालले भारतीय ब्राण्ड ‘प्रियागोल्ड’का बिस्कुटको आयात र बिक्रीवितरणमा रोक लगाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा पुगिसकेका उत्पादनसमेत तत्काल फिर्ता गर्न आदेश दिएको छ।

विभागको कात्तिक १ गतेको सूचनाअनुसार भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गर्ने प्रियागोल्ड बिस्कुट तथा अन्य बिस्कुटजन्य उत्पादनको पैठारी स्वीकृति स्थगित गरिएको छ। अर्को आदेश नभएसम्म प्रवेश नाकाबाट अनुमति दिन र नेपालमा आयात भइसकेका ती उत्पादन बिक्रीवितरण गर्न रोक लगाइएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो रोक कुनै निश्चित ब्याच वा उत्पादन मितिमा सीमित छैन। विभागले सबै ब्याच र जुनसुकै उत्पादन तथा उपभोग्य मिति भएका सम्बन्धित उत्पादनमा निर्णय लागू हुने स्पष्ट पारेको छ।

विभागले उल्लेख गरेको भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) को विवरणअनुसार उपभोक्ताको उजुरीपछि उत्पादक कम्पनीको निरीक्षण गर्दा बिस्कुटमा रेसा अर्थात् फाइबरको स्रोतका रूपमा ‘क्याटल–फिड ब्रान’ प्रयोग गरिएको पाइएको थियो। उक्त चोकर राखिएका जुटका बोरामा ‘गाईवस्तुको दानाका लागि’ र मानव उपभोगका लागि नभएको स्पष्ट उल्लेख रहेको विभागको सूचनामा जनाइएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

निरीक्षणमा कच्चा पदार्थको प्रयोगसँगै कारखानाको सरसफाइ र उत्पादन व्यवस्थापनमा पनि कमजोरी देखिएको उल्लेख छ। कीट नियन्त्रण, कच्चा पदार्थको भण्डारण, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा कारखाना परिसरको मर्मतसम्भारमा मापदण्ड पालना नभएको सूचनामा जनाइएको छ।

यिनै गम्भीर उल्लङ्घनका कारण भारतीय नियामकले सम्बन्धित कम्पनीको इजाजतपत्र निलम्बन गरी अभियोजन प्रक्रिया अघि बढाउन स्वीकृति दिएको जानकारी प्राप्त भएपछि नेपालमा पनि रोक लगाइएको विभागले जनाएको छ।

दशैंको लामो सार्वजनिक बिदाबीच विभागका महानिर्देशक सञ्जिव कुमार कर्णसहित उच्च व्यवस्थापन समूह र प्रोडक्ट रिकल प्राविधिक समितिको आकस्मिक भर्चुअल बैठक बसेको थियो। बैठकको सिफारिसका आधारमा मानव स्वास्थ्य र उपभोक्ता हित संरक्षणका लागि निर्णय गरिएको हो।

विभागले आधिकारिक आयातकर्ता तथा खाद्य व्यवसायीलाई सम्बन्धित उत्पादन बिक्री नगर्न र नगराउन निर्देशन दिएको छ। बजारबाट फिर्ता गरिएका उत्पादन सुरक्षित रूपमा सञ्चय गरी अभिलेख राख्नुपर्नेछ। नष्ट गर्नुपर्ने अवस्थामा स्थानीय तह वा स्थानीय प्रशासनका प्रतिनिधि तथा विभागमातहतका प्राविधिक कर्मचारीको रोहबरमा उचित तरिकाले नष्ट गरी विभागलाई जानकारी दिनुपर्नेछ।

आदेशविपरीत बिक्रीवितरण गरी खाद्य स्वच्छता उल्लङ्घन र जनस्वास्थ्यमा सम्झौता गरे खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही हुने विभागले चेतावनी दिएको छ।

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.