मंगलवार, कार्तिक १७,२०८३ 05:08:49
  • मंगलवार, कार्तिक १७,२०८३ 05:08:49
Global IME Bank Limited

४९.९९ लाखदेखि स्काईवेलको डेलिभरी सुरु

Bizshala
४९.९९ लाखदेखि स्काईवेलको डेलिभरी सुरु
New Office

काठमाण्डौ । एलआरआर मोटर्सले चिनियाँ लक्जरी विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’को नेपालमा डेलिभरी सुरु गरेको छ ।

कम्पनीले ‘नाडा अटो शो २०२६’मा प्राप्त बुकिङका आधारमा स्काईवेल ईभी ग्राहकलाई हस्तान्तरण गर्न थालेको जनाएको छ ।

एलआरआर मोटर्सले नाडा अटो शोमा स्काईवेलको बीई११ मोडल सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार अटो शो अवधिमा मात्रै करिब ४ सय युनिट गाडी बुकिङ भएका थिए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अटो शोका साथै त्यसपछि बुकिङ गर्ने ग्राहकलाई समेत क्रमशः गाडी डेलिभरी गर्न सुरु गरिएको कम्पनीले जनाएको छ । बुकिङअनुसार उत्पादक कम्पनीबाट गाडी आयात भइरहेको र चरणबद्ध रुपमा ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीको भनाइ छ ।

नेपालमा स्काईवेल बीई११ विभिन्न भेरियन्टमा उपलब्ध छ । ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Garima Development Bank
Bizshala
IME remit

यस्तै ४१० किलोमिटर रेन्जकै कम्फर्ट भेरियन्टको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ र लक्जरी भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य भने ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.