आईतवार, बैशाख ७,२०८२ 01:09:43
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 01:09:43
IME remit
Global IME Bank Limited

चीनले चिप उद्योगमा थप ४७.५ बिलियन डलर लगानी गर्ने, विश्वको अग्रेणी बन्ने लक्ष्य

Hyundai Nepal
चीनले चिप उद्योगमा थप ४७.५ बिलियन डलर लगानी गर्ने, विश्वको अग्रेणी बन्ने लक्ष्य
Nabil Bank Limited

काठमाण्डौ । चीनले उच्च प्रविधिमा वर्चस्व कायम राख्न सरकारी स्तरको अहिलेसम्मकै ठूलो सेमीकन्डक्टर चिप कोष खडा गर्ने भएको छ । चीनको सरकारी एजेन्सीले जारी गरेको सूचनाअनुसार चीनले यसका लागि आफ्नो योजना दोब्बरले बढाउने योजना बनाएको छ ।  

अमेरिकाले चिनियाँ चिप तथा चिप प्रविधिमा प्रतिबन्ध लगाएसँगै चीनले ४७.५ बिलियन डलरबराबरको कोष खडा गरेको हो । यसमा आईसीबीसी र चाइना कन्स्ट्रक्सन बैंक गरी चीनका ६ वटा सरकारी बैंकले लगानी गरेका छन् ।  

चीनले ‘मेड इन चाइना रोडम्याम २०२५’अन्तर्गत एआई, फाइभजी वायरलेस र क्वान्टम कम्प्युटीङ जस्ता विविध उद्योगहरुमा विश्वको अग्रेणी नेतृत्वकर्ता बन्ने लक्ष्य लिएको छ ।  

हालको लगानी चीनको एकिकृत सक्रिट उद्योग लगानी कोषको तेस्रो चरण अन्तर्गत पर्छ । ‘बिग फण्ड’ गत शुक्रबार आधिकारीक रुपमा बेईजिङमा स्थापना गरिएको थियो ।  

यो खबर बाहिरिएसँगै चीनका शीर्ष चिप कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । विश्वको तेस्रो ठूलो चिप निर्माता कम्पनी‘सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेशन(एसएमआईसी)को सेयरमूल्य सोमबार ७ प्रतिशतले बढ्यो । त्यस्तै चीनको दोस्रो ठूलो चिप कम्पनी हुवा होङको सेयर मूल्य पनि १३ प्रतिशतले वृद्धि भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

चीनले पहिलो चरण अन्तर्गत सन् २०१४ मा १९.२ बिलियन डलरबराबरको कोष खडा गरेको थियो । त्यसको ५ वर्षपछि सन् २०१९ मा २८.२ बिलियन डलरबराबरको कोष स्थापना गरिएको थियो ।  

यी लगानीहरुको मुख्य उदेश्य  सन् २०३० सम्म देशको सेमीकन्डक्टर उद्योगलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुपको बनाउने रहेको छ ।  

तर चीनको यो लक्ष्यमा केही अवरोधहरु देखिएका छन् । सन् २०२२ मा ‘बिग फण्ड’मा भ्रष्टाचारका घटनाहरु देखिएका थिए । त्यस वर्ष चीनको सरकारी स्वामित्वका कम्पनीमा कार्यरत उच्च तहका कर्मचारीहरुमाथि भ्रष्टाचारको आरोप लागेको थियो ।  

यस्तै अमेरिकाले चिनियाँ चिपमा लगाएको प्रतिबन्धले पनि चीनको लक्ष्य हासिलमा अवरोध पुर्याउने देखिन्छ । -एजेन्सी   

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.