सोमबार, श्रावण १८,२०८३ 04:49:15
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:49:15
Bizshala
Global IME Bank Limited

भारु.११ हजार करोडका लागि व्यवसायीक घरानाको पारिवारिक विवाद, आमाले आफ्नै छोरालाई कुटाएको आरोप

भारु.११ हजार करोडका लागि व्यवसायीक घरानाको पारिवारिक विवाद, आमाले आफ्नै छोरालाई कुटाएको आरोप
New Office

काठमाण्डौ । भारतीय बिजनेश सेक्टरको ठूलो नामको रुपमा रहेका स्वर्गीय केके मोदी परिवारमा ११ हजार करोड भारु सम्पत्तिको पारिवारिक विवाद निरन्तर बढीरहेको छ । अहिले यो विवादले नयाँ मोड लिएको छ । इण्डियन प्रिमियर लिग(आईपीएल)का पूर्व अध्यक्ष ललित मोदीका भाई तथा गडफ्रे फिलिप्सका कार्यकारी निर्देशक समीर मोदीले आफ्नी आमा बीना मोदीले कुटपिट गराएको आरोप लगाए पछि यो विवादले नयाँ मोड लिएको हो ।  

समीर मोदीले गत शुक्रबार दिल्ली प्रहरीमा दर्ता गरेको उजुरीमा आमा बीना मोदीले परिवारमा जारी सम्पत्ति विवादमा लाभ उठानका लागि आफुमाथि हमला गराएको आरोप लगाएका छन् । भारतीय मिडिया बिजनेश टुडेमा प्रकाशित रिपोर्टमा समीर मोदीले आफ्नी आमा, उनका निजी सुरक्षा अधिकारी(पीएसओ) र गडफ्रे फिलिप्सका अन्य डाइरेक्टरहरुमाथि उनलाई गम्भिर चोट पुर्याएको आरोप लगाएका छन् । बीना मोदी गडफ्रे फिलिप्सको डाइरेक्टर पनि हुन् ।  

चुरोट र चकलेट बनाउने कम्पनी गडफ्रे फिलिप्सको बोर्ड सदस्य हुनुका साथै समीर मोदी कलरबार कस्मेटीक,२४÷७ रिटेल तथा डाइरेक्ट सेलिङ प्लटफर्म मोदीकेयरका पनि प्रम्ुख हुन् । आमा बीना मोदीले कम्पनीमा उनको स्वामित्व खरिद गर्ने प्रस्ताव पेश गरेसँगै आफुमाथि आक्रमण भएको समीर मोदीले बताएका छन् ।  

उनले आफूमाथि कार्यालयमै आक्रमण हुन्छ भनेर कहिल्यै पनि नसोचेको तथा सेयरसँग सम्बन्धित विवाद अदालतमा विचाराधीन रहेकाले अब भने आफ्नो स्वामित्व बिक्री नगर्ने अडान लिएका छन् । उनले आफूलाई बोर्डबाट हटाउने प्रयत्न भईरहेको र यो पूरा नहुने उनले बताएका छन् ।  

उनले आफूलाई मिटिङमा जान रोकिएको र भित्र प्रवेश गर्न खोज्दा कुटपिट गरिएको बताएका छन् । यसक्रममा आफ्नो औला पनि भाचिएको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेका छन् ।  

समीर मोदीले पारिवारिक सम्पत्तिको व्यवस्थापनलाई लिएर बीना मोदीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । यो पारिवारिक सम्पत्तिमा गडफ्रे फिलिप्सको लगभग ५० प्रतिशत सेयर स्वामित्व छ  र जसको मूल्य ५ हजार ५ सय करोड भारु भन्दा बढी हुन्छ । -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.