आईतवार, श्रावण १८,२०८२ 12:16:32
  • आईतवार, श्रावण १८,२०८२ 12:16:32
Global IME Bank Limited

बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँः कृषिमन्त्री अधिकारी

Hyundai Nepal
बाली बीमाका लागि प्रवर्द्धनात्मक कार्यक्रम ल्याउँदैछौँः कृषिमन्त्री अधिकारी
Shivam Cement

काठमाण्डौ । कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बीमाका लागि प्रवर्द्धनात्मक तथा सचेतनामुलक कार्य अघि बढाउने बताएका छन् ।

मन्त्रालयमा मंगलवार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा अधिकारीले यस्तो बताएका हुन् । उक्त अवसरमा उनले बाली बीमालाई व्यवस्थित गर्दै लैजाने उद्देश्य मन्त्रालयको रहेको समेत बताए । उनले अनुदानको विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमाथि लाग्दै आएको आरोप मेटाउन अब पालिका तह, प्रदेश तहसँग समन्वय गरी एउटा संयन्त्र बनाउने र अनुदानको व्यवस्थापन गर्ने सोच मन्त्रालयले बनाएको बताए । मन्त्री अधिकारीले लगानी दशकको सफलताका लागि सबैले पहल गर्नुपर्ने जरुरी रहेको उल्लेख गरे ।  

लगानी दशकमा गर्ने काम र १० वर्षे उद्देश्यका बारेमा चाँडै सार्वजनिक गरिने उनले जानकारी दिए । उनले प्रदेश र स्थानीय तहसँगै जान नसके लगानी दशक सफलतातिर लैजान नसकिने उल्लेख गर्दै मन्त्रालयले किसान सूचिकरणका सम्बन्धमा यसै वर्षभित्र सक्ने उद्देश्य रहेको बताए ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.