आईतवार, फाल्गुन ३,२०८२ 10:08:09
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:08:09
Bizshala
Global IME Bank Limited

चीनबाट करिब ७ लाख युनिट कार फिर्ता मगाउदै बीएमडब्लु

चीनबाट करिब ७ लाख युनिट कार फिर्ता मगाउदै बीएमडब्लु
Shivam Cement

काठमाण्डौ । जर्मन अटो निर्माता कम्पनी बीएमडब्लुले चिनियाँ बजारबाट करिब ७ लाख युनिट कार फिर्ता मगाउने भएको छ । कुल्यान्ट पम्पमा समस्या देखिएसँगै कम्पनीले करिब ७ लाख युनिट कार फिर्ता मगाउन लागेको हो ।  

कम्पनीले स्थानिय स्तरमा उत्पादित ४ लाख ९९ हजार ५३९ युनिट र १ लाख ८८ हजार ३७१ युनिट आयातित कार फिर्ता मगाउन लागेको चिनियाँ नियामकले जनाएको छ । कुल्यान्ट पम्पमा देखिएको समस्याका कारण सर्ट सर्किट र आगलागीका घटना घट्न सक्ने जनाइएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो समस्याबाट ग्रसित हुनेमा स्थानिय स्तरमा उत्पादित थ्रि सिरिज र फाइभ सिरिज तथा आयातित एक्स सिरिज एक्सयुभी रहेका छन् । यो निर्णयका कारण चीनमा बीएमडब्लुको डेलिभरीमा ३० प्रतिशतको कमी आएको छ । जुन बितेको ४ वर्षकै न्यून हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

विश्वव्यापी रुपमा १५ लाख युनिट कार फिर्ता मगाइएपछि कम्पनीले गत सेप्टेम्बर १ मा यसले कम्पनीको नाफामा कमी आउन सक्ने चेतावनी जारी गरेको थियो । उक्त समस्या समाधान गर्न कम्पनीलाई १.१ बिलियन डलरबराबरको घाटा हुने अपेक्षा गरिएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.