काठमाण्डौ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । अमेरिकाका सातमध्ये तीन स्विङ स्टेटमा विजय हासिल गरेपछि ट्रम्पका समर्थकहरू फ्लोरिडामा उनको सम्बोधनमा सहभागी हुन भेला भएका छन् ।
ट्रम्प आफ्नो चुनावी अभियानको मुख्यालय फ्लोरिडामा आउने विश्वास गरिएको छ। ट्रम्पको लागि मन्च तयार गरिएको छ। उनीसँगै उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्स पनि आउन सक्ने जनाइएको छ ।
यससँगै अमेरिकाका धेरै ठाउँबाट उनका समर्थकका तस्बिरहरू पनि बाहिर आएका छन्, जो उत्सव मनाइरहेका छन् । केही मानिसहरूले ःमेक अमेरिका ग्रेट अगेन( ट्रम्पको अभियानको नारा)को टोपी लगाएका छन् भने अरूले अमेरिकी झण्डामा बेरिएका छन्।
हालसम्मको नतिजा हनुसार डोनाल्ड ट्रम्पले २६६ इलेक्टोरल भोट प्राप्त गरेका छन् भने कमला ह्यारिसले १९४ इलेक्टोरल भोट पाएकि छन् । ट्रम्प विजयी बने अमेरिकाको ४७ औं राष्ट्रपति बन्नेछन् ।
विजयका लागि ५३८ मध्ये २७० मत आवश्यक हुन्छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                