सोमबार, श्रावण १८,२०८३ 11:35:13
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:35:13
Bizshala
Global IME Bank Limited

नेपाल, जापान र दक्षिण कोरियाबीच ५० वर्ष पुरानो मित्रतालाई प्रवर्द्धन गर्न ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुँदै

नेपाल, जापान र दक्षिण कोरियाबीच ५० वर्ष पुरानो मित्रतालाई प्रवर्द्धन गर्न ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुँदै
New Office

काठमाण्डौ। नेपाल, जापान र दक्षिण कोरियाबीचको ५० वर्ष पुरानो मित्रतालाई प्रवर्द्धन गर्न डिसेम्बरमा ‘के पप टुर इन नेपाल’ हुने भएको छ । काठमाण्डौको हायात होटलमा डिसेम्बर २० र २१ तारिखमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको हो । कार्यक्रमको आयोजकमा ग्रान्ड च्यारिट नेपालले रहेको छ ।

विश्व प्रख्यात के–पप, जे–पप ताराहरू र लामो पक्षका चर्चित नेपाली कलाकारहरू सहितको गतिशील संगीत कन्सर्टलाई प्रायोजन गर्ने अवसर प्रदान गर्न पाउँदा निकै हर्षित भएको आयोजक ग्रान्ड च्यारिट नेपालले जनाएको छ । यो रोमाञ्चक दुई दिने संगीतिक कार्यक्रमले नेपाल र विदेशबाट हजारौं उत्साही प्रशंसकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

जापान, दक्षिण कोरिया र नेपालका कलाकारले प्रस्ततु दिने सो कार्यक्रम दिउँसो १ बजेबाट राती १० बजेसम्म हायात होटलमा हुने बताइएको छ ।

कार्यक्रममा के पप, जे पप र ने–पपका कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । नेपालसँग जापान र दक्षिण कोरियाको मैत्री सम्बन्ध स्थापित भएको ५० बर्ष पुगेको शुभ अबसरमा यो कार्यक्रमको आयोजना हुन लागेको आयोजकले जानकारी दिएका छन् ।

नेपालका कलाकारहरुसँग जापान र दक्षिण कोरियाका कलाकारहरुले एक अर्काको देशको संस्कृती झल्कने प्रस्तुती राख्नेछन्। यस सांगीतिक कन्सर्टमा नेपालका चर्चित ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुती दिनेछन् ।

कन्सर्टमा कोरिया तथा जापानका केल्ट नाइन वी, बस्टर्च ग्रूप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका व्यान्डका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् । यस्तै, एओनियो मामी, हान सेह्यूनले पनि यो कार्यक्रममा प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।

ग्रान्ड च्यारिट नेपालका अनुसार ‘कार्यक्रमलाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने र कार्यक्रममा दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारहरुको प्रस्तुतीबाट नयाँ अनुभव गर्न सक्नेछन् । यस कन्सर्टका लागि टिकट बिक्री खुला भइसकेको आयोजक ग्रान्ड च्यारिट नेपालले जानकारी दिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.