सोमबार, आश्विन २६,२०८३ 01:44:27
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 01:44:27
Bizshala
Global IME Bank Limited

पुस १५ गतेदेखि नेशनल साईबर ओलम्पियाड आयोजना हुने

Bizshala
पुस १५ गतेदेखि नेशनल साईबर ओलम्पियाड आयोजना हुने
New Office

काठमाण्डौ । नेशनल साईबर ओलम्पियाड– २०८१ को चौथो संस्करण आयोजना हूने भएको छ । प्रशिक्षणको आयोजनामा हुन गई रहेको नेशनल साईबर ओलम्पियाड–२०८१ पुस १५ गतेदेखि काठमाण्डौमा हुने छ।  

पुस १५  गतेदेखि सुरु हुने यस कार्यक्रममा काठमाण्डौ उपत्यकाका ५० भन्दा बढि स्कूलका टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । नेशनल साईबर ओलम्पियाड सुचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुने छ जसमा सहभागी हुने स्कूलहरुले पुस ५ गते सम्ममा दर्ता गर्नुपर्ने छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

 आयोजकका अनुसार यो प्रतियोगिताको चारवटा संस्करण यस अघि २०७१, २०७२, २०७३ र २०७९ मा सफल रुपमा आयोजना भईसकेको र पाँचौ संस्करण अझ परीस्कृत रुपमा सम्पन्न हुन गइरहेको हो । प्रतियोगिता क्वालिफाइङ, सेमीफाइनल र फाइनल गरी तीन चरणमा नकआउट पद्तिबाट सञ्चालन हुने छ। प्रतियोगितामा General, Curriculum, Logical, Multimedia, Defending, Gambling and Gasping Round हरुमा दर्ता भएका प्रतियोगी समुहबीच प्रतिस्पर्धा गराइने छ । 

यसपटकको नेशनल साईबर ओलम्पियाडमा विभिन्न सूचना प्रविधिसँग सम्बन्धित कार्यशालाहरू प्रत्येक हप्ता सञ्चालन हुने छन्। उक्त कार्यशालामा प्रतियोगितामा भाग लिने भाइबहिनीहरू तथा प्रतियोगितामा भाग लिन नसकेका भाइबहिनीहरूले पनि कार्यशालामा सहभागी भई प्रविधि क्षेत्रको सिप सिक्न पाउनेछन् ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

नेशनल साईबर ओलम्पियाड– २०८१ प्रतियोगितामा उत्कृट हुने टिमले नगद पुरस्कार, ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ओरिन्टेसन पुस १५ गते सुरु भई अन्तिम चरणको प्रतियोगिता माघको ७ गते सम्पन्न हुनेछ । सुचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरीएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी बिद्यार्थीहरुले प्रतिस्पर्धा मार्फत सुचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने अवसर पाउने कुरा यसका संस्थापक अध्यक्ष श्री लक्ष्मण पोख्रेलले बताए।  

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले सम्वन्धित स्कुलमा पठाइएको फारम भरेर वा अनलाइन मार्फत पनि तलको लिन्कबाट नाम दर्ता गर्न सक्छन्। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.