काठमाण्डौ । विद्युतीय निर्माण सामाग्री निर्माण कम्पनी एङ्कर वाई पानासोनिकले आफ्नो नवीनतम आविष्कार, जिभा स्वीच सकेटका उत्पादन नेपाली बजारमा अनावरण गरेको छ । कम्पनीले काठमाण्डौको हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बीच उक्त प्रडक्ट अनावरण गरेको हो ।
उक्त कार्यक्रममा १५० प्रमुख बिक्रेता र उद्योगका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा एंकर बाई पानासोनीक, भारतबाट प्रमुख अतीथीको रुपमा योशियुकी काटो, विशाल नाङ्गलिया, र सुनसुके मिजोले उपस्थित भएका थिए । उनले जिभा उत्पादनका स्वीच सकेटहरुको बारेमा जानकारी गराएका थिए । उनीहरूले वस्तुको गुणस्तर, नवीनता, र खुद्रा बिक्रेता र उपभोक्ताहरूलाई समान रूपमा मूल्य प्रदान गर्न ब्रान्डको प्रतिबद्धतालाई जोड दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।