सोमबार, आश्विन २६,२०८३ 12:25:01
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 12:25:01
Bizshala
Global IME Bank Limited

लिट्मस इन्डस्ट्रीजद्वारा नेपालमा पहिलो पटक एसएलपीई कभर्ड कन्डक्टर उत्पादन सुरु

Bizshala
लिट्मस इन्डस्ट्रीजद्वारा नेपालमा पहिलो पटक एसएलपीई कभर्ड कन्डक्टर उत्पादन सुरु
New Office

काठमाण्डौ । लिट्मस इन्डस्ट्रीजले नेपालमै पहिलो पटक मिडियम भोल्टेज ‘एक्सएलपीई’ कभर्ड कन्डक्टर उत्पादन सुरु गरेको छ । २० हजार किलोमिटर वार्षिक उत्पादन क्षमता भएको यस प्रविधिले अब आयातमा निर्भरता कम गर्दै, ऊर्जा आत्मनिर्भरता प्रवर्द्धन गर्ने र उच्च कार्यक्षमताका भरपर्दा पावर ट्रान्समिसन संरचनाहरूको मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

 उच्च गुणस्तर र टिकाउपनाका सर्वोच्च मापदण्ड पूरा गर्न डिजाइन गरिएका यी कन्डक्टरहरू EN 50397 र IS 398 – VI अन्तर्गत प्रमाणित छन् । एडभान्स्ड जर्मन प्रविधिको प्रयोगमा आधारित निर्माण प्रक्रियामा उत्कृष्ट इन्सुलेशनका लागि ट्रिपल–लेयर एक्स्ट्रुसन, उच्च–गुणस्तरको क्रस–लिङ्किङका लागि डीप–वाटर क्युरिङ, र स्पार्क परीक्षण तथा एन्टि–ट्र्याकिङ परीक्षण जस्ता उत्कृष्ट गुणस्तर परीक्षणहरू समावेश छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

११ केभीदेखि ३३ केभी क्षमताका यी कन्डक्टरहरू विशेष गरी जंगल क्षेत्रमा आगलागीको जोखिम घटाउने उद्देश्यले निर्माण गरिएको कम्पनीले जनाएको छ । वातावरणीय अनुकूलताको लागि तयार पारिएका यी कन्डक्टरहरू टिकाउ र भरपर्दा भएको र यसले मर्मत खर्च कम गर्नुका साथै निरन्तर ऊर्जा आपूर्ति सुनिश्चित गर्ने कम्पनीले दाबी गरेको छ । यी उत्कृष्ट कन्डक्टरहरूले घरेलु पूर्वाधार तथा सीमा–पार बिजुली निर्यातलाई समेत प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.