ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवाको वित्तिय साक्षरता कार्यक्रम
काठमाण्डौ । विश्व वित्तीय सप्ताह(ग्लोबल मनि विक) को अवसरमा कामना सेवाविकास बैंकले चैत ५ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्ममनाउने गरिन्छ ।उक्त सप्ताह आज देखी सुरुवात भएको हो ।

