बैंकहरुको चौथो त्रैमासिक वित्तीय विवरण अब भदौमा मात्र आउने
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण भदौ पहिलो साता मात्र प्रकाशन गर्ने भएका छन् । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०-८१ को आम्दानीको रुपमा बाँध्न पाउने व्यवस्था...