यस्तो छ देशको आर्थिक र वित्तीय स्वास्थ्यको ताजा 'रिपोर्ट कार्ड'
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको ७ महिनाको देशको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्टकार्ड सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको आँकडा हेर्दा देशको आर्थिक तथा वित्तीय स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको देखिएको छ । जनताको चूलोसम्म असर पार्ने उपभोक्ता मुद्रास्फिति घटेर ५ प्रतिशतमा सीमित बनेको छ...