प्रभु बैंकका कर्मचारी तथा ग्राहकले टिस्टुङ्ग रिसोर्टमा विशेष छुट पाउने
काठमाण्डौ । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई टिस्टुङ्गमा अवस्थित टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बीच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन र सन्त महर्जन र प्रभु बैंकका तर्फबाट बागमति प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविन शम्शेर राणाद्वारा हस्ताक्षर गरियो ।

