आजसम्म कायम सेयरधनीहरु एलआईसी नेपालको हकप्रद पाउन योग्य हुने
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडको हकप्रद पाउने भएका छन् । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि(कात्तिक ९ गते)एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।

