नेप्सेको गतिलो बाउन्सब्याक, जानकार भन्छन्, ‘बजार अल टाइम हाईको बाटोमा’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक ४.७२ प्रतिशत अर्थात १२७.३२ अंकले बढेर २ हजार ८२३.२५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.७७ प्रतिशतले बढेर ५०३.८३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३५ वटा स्क्रिप्टको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर १३ अर्ब १०...

