आज पनि दोहोरो अंकले घट्यो नेप्से, फाइनान्समा भने देखियो आकर्षण
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.३९ प्रतिशत अर्थात १०.५४ अंकले घटेर २ हजार ६३३.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ४४१.५३ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७२ लाख ५३ हजार ५७६...

