भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा
काठमाण्डौ । भारतीय सेयर बजार अल टाइम हाईको उचाईको पुगेको छ । भारतको सेयर बजार मापक इन्डेक्स सेनसेक्स इन्डेक्स आज इन्ट्रा डे कारोबारमा ८२ हजार ६३७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । तर आज समग्रमा सेन्सेक्स २३१ अंकको वृद्धिका साथ ८२ हजार ३६५ विन्दुमा बन्द भएको छ । यो पनि हालसम्मकै उच्च क्लोजिङ विन्दु हो । यसअघिको उच्च क्लोजिङ विन्दु ८२ हजार १३४ रहेको थियो ।

