कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

