युनिभर्सल पावर कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीको राजीनामा स्वीकृत
काठमाण्डौ । युनिभर्सल पावर कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विनय कुमार भण्डारीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीले प्रबन्ध सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो । उक्त बैठकले भदौ १९ गतेदेखि लागू हुनेगरी भण्डारीको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए...

