मुक्तिनाथ विकास बैंकले गर्यो तुलसीपुर बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्न आर्थिक सहयोग
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’अभियानलाई साथ दिएको छ । उक्त कार्यक्रमअन्तर्गत तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि तथा दुर्घटना न्यूनिकरण र पहिचान गर्न विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गर्न बैंकले आर्थिक सहायोग गरेको हो ।

