जीवन बीमा कम्पनीहरुले कमाए रु.४.८८ अर्ब नाफा, इपीएस कुनको कति ?
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको खुद नाफा ११.९३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीले ४ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आवको यसै अवधिसम्म जीवन बीमकहरुले ४ अर्ब ३६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको मात्रै मुनाफा घटेको छ भने बाँकी सबै कम्पनीको...