१० महिनासम्म रु. १०.७० अर्बको बीमा पोलिसी सरेण्डर, नेपाल लाइफबाट सर्वाधिक
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा ८७ हजार भन्दा बढी बीमितबाट बीमालेख समर्पण (पोलिसी सरेण्डर) भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा १४ वटा जीवन बीमा कम्पनीका ८७ हजार २०१ जना बीमितले पोलिसी त्याग गरेका हुन् । पछिल्लो समय पोलिसी सरेण्डर हुने प्रवृत्तिमा अझै सुधार आउन सकेको छैन । नेपाल बीमा प्राधिकरणले सरेण्डरदर कम गर्न विभिन्न नीतिगत...