आईपीओ जारी गरेका तीन लघुबीमक, कुन सूचकमा कुन अब्बल ?
काठमाण्डौ । हालसम्म तीनवटा लघुबीमा कम्पनीले आईपीओ जारी गरिसकेका छन् । जसमा गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्स छन् । लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ बमोजिम लघुबीमकहरुले चुक्तापूँजीको ३० प्रतिशत सेयर (आईपीओ)सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने व्यवस्था छ । सो बमोजिम हालसम्म दुई लघु जीवन बीमक र एक निर्जीवन...