शुक्रबार, मंसिर ७,२०८१ 09:28:23
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 09:28:23
कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको छः अध्यक्ष सिलवाल
INSURANCE

कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको छः अध्यक्ष सिलवाल

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको बताएका छन् । प्राधिकरणको आयोजनामा विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।  उक्त कार्यक्रममा...

लिबर्टी माइक्रो लाइफले ल्यायो सस्तो बीमाशुल्क भएको ‘सुरक्षित बाल भविष्य योजना’, यस्ता छन् विशेषता
INSURANCE

लिबर्टी माइक्रो लाइफले ल्यायो सस्तो बीमाशुल्क भएको ‘सुरक्षित बाल भविष्य योजना’, यस्ता छन् विशेषता

काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबालिका लक्षित नयाँ बीमालेख ‘सुरक्षित बाल भविष्य योजना’ ल्याएको छ । कम्पनीले यो योजना गत  १७ गतेदेखि बिक्रि सुरु गरेको हो ।  यस बीमालेखअन्तर्गत १ महीनादेखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाह÷ब्रतबन्ध जस्ता सामाजिक कार्य वा...

एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मीप्रपन्न निरौलाको राजीनामा स्वीकृत
INSURANCE

एनएलजी इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक लक्ष्मीप्रपन्न निरौलाको राजीनामा स्वीकृत

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक लक्ष्मीप्रपन्न निरौलाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले निरौलाको राजीनामा स्वीकृत गरेको हो ।  उनको राजीनामा साउन २१ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो ।  

प्रभु महालक्ष्मी लाइफको विजनेश एक्सिलेन्स समिट सम्पन्न
INSURANCE

प्रभु महालक्ष्मी लाइफको विजनेश एक्सिलेन्स समिट सम्पन्न

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट– २०८१ सम्पन्न भएको छ । कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट– २०८१ भव्यताका साथ सु–सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २० गतेसम्म ३ दिन चितवनको नारायणगढमा सञ्चालन भएको हो ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स...

नियममा रहेर जिम्मेवारी पुरा गर्न र समयमै दाबी भुक्तानी गर्न अध्यक्ष सिलवालको निर्देशन
INSURANCE

नियममा रहेर जिम्मेवारी पुरा गर्न र समयमै दाबी भुक्तानी गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाको दायरामा रहेर आ–आफ्नो जिम्मेवारी अनुसार कार्य गर्न बीमा कम्पनीका कर्मचारी तथा बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् । प्राधिकरणको  आयोजनामा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी...

सूर्यज्योति लाइफ इन्स्योरेन्सका यी दुई शाखाहरु अन्यमा गाभिदै
INSURANCE

सूर्यज्योति लाइफ इन्स्योरेन्सका यी दुई शाखाहरु अन्यमा गाभिदै

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवन र मकवानपुरको शाखा कार्यालय गाभ्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस बारे जानकारी दिएको हो ।  कम्पनीले भरतपुर महानगरपालिका–१८ मा रहेको चनौली शाखालाई भरतपुर महानगरपालिका–३ मा रहेको नारायणघाट शाखामा र मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा रहेको मनहरी शाखालाई हटौडा उपमहानगरपालिका–४ मा रहेको हटौडा...

नेशनल लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
INSURANCE

नेशनल लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रादेशिक प्रमुख तथा उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर र सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।  प्रादेशिक प्रमुख तथा उपप्रमुख पदका लागि कम्तिमा स्नातक...

हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ हालसम्मकै उच्च, हाई क्याप भएका कम्पनी चल्न थालेको हो ?
INSURANCE

हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ हालसम्मकै उच्च, हाई क्याप भएका कम्पनी चल्न थालेको हो ?

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । प्रिमियम मूल्यमा आईपीओ ल्याएको सो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा निकै चर्चामा रहेको छ ।  कम्पनीको सेयर २०८० पुष २२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीको कुल १० करोड कित्ता सूचीकृत भएको थियो । तर कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि ४ प्रतिशत बोनस सेयर वितरण...

नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
INSURANCE

नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिई सक्नुपर्नेछ । संस्थापक सेयरधनीले काठमाण्डौको...

हाइड्रो आयोजनाको बीमा पोलिसी जारी गर्दा डी–ट्यारिफमा जाने सहमति, होला त कार्यान्वयन ?
INSURANCE

हाइड्रो आयोजनाको बीमा पोलिसी जारी गर्दा डी–ट्यारिफमा जाने सहमति, होला त कार्यान्वयन ?

काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाल बीमक संघबीच डी ट्यारिफमा जाने सहमति भएको छ । हाइड्रोपावर कम्पनी आयोजनाहरुको बीमा पोलिसी जारी गर्दा अबदेखि डी ट्यारिफमा जाने दुई पक्षबीच सहमति भएको हो ।  यसअघि बीमा कम्पनीहरुले नन ट्यारिफमै हाइड्रो कम्पनीका आयोजनाहरुको बीमा पोलिसी जारी गर्दै आएका थिए । तर इप्पानले नन ट्यारिफको विषयमा सुरुदेखि नै विरोध...

निर्जीवन बीमा कम्पनीको व्यवसायमा मोटर बीमाको हिस्सा ३०%, अन्य बीमाको कति ?
INSURANCE

निर्जीवन बीमा कम्पनीको व्यवसायमा मोटर बीमाको हिस्सा ३०%, अन्य बीमाको कति ?

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको ३०.३० प्रतिशत व्यवसाय मोटर बीमाले धानेको छ । गत आर्थिक वर्षमा निर्जीवन बीमकहरुले मोटर बीमालेखमार्फत मात्रै १२ अर्ब ५६ करोड रुपैयाँ बीमाशुल्क भित्र्याएका छन् ।  गत आवमा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ४६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । हाल कम्पनीहरुले ८ वटा बीमालेख बिक्रीमार्फत व्यवसाय गर्दै आइरहेका छन् । जसमा...

साविकको सानिमा लाइफको १.४३ करोड कित्ता सेयरको लक इन अवधि साउन २९ गते समाप्त हुँदै
INSURANCE

साविकको सानिमा लाइफको १.४३ करोड कित्ता सेयरको लक इन अवधि साउन २९ गते समाप्त हुँदै

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आगामी साउन २९ गते समाप्त हुने भएको छ । मर्जरमा गएको साविकको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।  

नेपाल लाइफको ‘लिडरशीप एक्सिलेन्स अवार्ड’ सम्पन्न, उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी तथा एजेन्सी मेनेजर उपस्थित
INSURANCE

नेपाल लाइफको ‘लिडरशीप एक्सिलेन्स अवार्ड’ सम्पन्न, उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी तथा एजेन्सी मेनेजर उपस्थित

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय Leadership Excellence Awards,2024 सम्पन्न भएको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हकवर्ष ः फ्लाई हाई,एमहायर’ नाराका साथ सम्पन्न भएको हो ।  उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कम्पनीका...

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न, ३ सय जना उपस्थित
INSURANCE

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न, ३ सय जना उपस्थित

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गाला कन्सर्ट सम्पन्न गरेको छ । कम्पनीले जेठ  महिनामा जारी गरेको मासिक योजनाअनूरुप उत्कृष्ठ कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा काठमाण्डौको सोल्टी होटलमा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न...

लिबर्टी माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
INSURANCE

लिबर्टी माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साउन ३१ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।  

इक्राद्वारा हिमालयन रि इन्स्योरेन्सको रेटिङ अपग्रेड
INSURANCE

इक्राद्वारा हिमालयन रि इन्स्योरेन्सको रेटिङ अपग्रेड

काठमाण्डौ ।  रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले लिमिटेडले हिमालयन रि इन्स्योरेन्स लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङलाई अपग्रेड गरेको छ । इक्राले कम्पनीलाई विगतमा प्रदान गरेको f][ICRANP-IR] A निष्कासनकर्ता रेटिङ्गलाई [ICRANP-IR] A मा अपग्रेड गरेको हो ।  उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने इक्राले जनाएको...

सर्वसाधारणका लागि एशियन लाइफको २.७१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
INSURANCE

सर्वसाधारणका लागि एशियन लाइफको २.७१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ बमोजिम संस्थापक सेयरधनीहरु तथा अन्य सर्वसाधारणका लागि सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता...

धनगढीका मदन भट्टले नेपाल टप बनेर हाने ह्याट्रिक, अभिकर्ता पेशाबाटै वार्षिक २ करोडसम्मको कमाई
INSURANCE

धनगढीका मदन भट्टले नेपाल टप बनेर हाने ह्याट्रिक, अभिकर्ता पेशाबाटै वार्षिक २ करोडसम्मको कमाई

काठमाण्डौ । समाजमा बीमाप्रतिको संकुचित सोचाई अझै परिवर्तन हुन सकेको छैन । जीवन बीमालाई आधारभुत आवश्यकतामा राख्न सकिएको छैन । जसरी मानिसको जीवनमा गास, बास र कपास महत्व हुन्छ, त्यसरी नै जीवन बीमाको महत्व पनि उत्तिकै रहेको छ ।  तर जीवन बीमाको महत्व बुझेर पनि बीमा नगर्नेहरु समाजमा प्रशस्त भेटिन्छन् । जीवन बीमा कम्पनीहरुले ल्याएको विभिन्न बीमा पोलिसीको बारेमा बीमितसमक्ष...

हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत
INSURANCE

हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक विवेक दुगडको राजीनामा स्वीकृत भएको छ । साउन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दुगडको राजीनामा स्वीकृत गरेको हो ।  उनको राजीनामा असार ३१ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । दुगडले व्यक्तिगत व्यवस्ताताका कारण पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै गत असार ३१ गते कम्पनीको...

सानिमा रिलायन्स लाइफको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त
INSURANCE

सानिमा रिलायन्स लाइफको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् । गत असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चन्दलाई कम्पनीको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त भएका हुन् । चन्दलाई असार ३१ गतेदेखि नै लागू हुने गरी...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.