आईतवार, असार १४,२०८३ 03:38:02
Bizshala
  • आईतवार, असार १४,२०८३ 03:38:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मेटलाइफका ग्राहकले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट पाउने

Laxmi Sunrise Bank Limited
मेटलाइफका ग्राहकले व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट पाउने

काठमाण्डौ । मेटलाइफ नेपालले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै आफ्ना ग्राहकहरूलाई व्यतित बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरेको छ । ग्राहकहरूले यो सुविधा वान बाई मेटलाइफ एप वा नजिकको शाखा कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन् ।

अभियानका मुख्य विशेषताहरूः

–पाँच वर्षभित्र व्यतित भएका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% छुट

–पाँच वर्षभन्दा बढी समयदेखि व्यतित रहेका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा ७५% छुट

–वान बाई मेटलाइफ एप वा मेटलाइफको शाखा कार्यालयमार्फत सेवा उपलब्ध

–अभियान अवधिः जुन १८ देखि जुलाई १६, २०२६ सम्म

New Office
CG Motors
Garima Development Bank

यस अभियानमार्फत ग्राहकहरूले अतिरिक्त जरिवानामा बचत गर्दै आफ्नो बीमा सुरक्षा पुनःसुरु गर्न सक्नेछन्। वान बाई मेटलाइफ एप प्रयोग गर्ने ग्राहकहरूले शाखा कार्यालयमा उपस्थित नभई सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न गर्न सक्नेछन् ।

एपमार्फत पोलिसी पुनःसक्रिय गर्न ग्राहकहरूले एपमा लगइन गरी माई इन्स्योरेन्सअन्तर्गत रहेको निष्क्रिय पोलिसी चयन गर्नुपर्नेछ । त्यसपछि रेंस्तेट पोलिसी विकल्पमा गई आवश्यक विवरण भरेर अनुरोध पेश गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो अनुरोधको अवस्था पनि एपबाटै सहज रूपमा हेर्न सक्नेछन्, जसले बारम्बार जानकारी लिनुपर्ने आवश्यकता हटाउँछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने , ‘हामी ग्राहकहरूका लागि बीमा सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउने दिशामा निरन्तर काम गरिरहेका छौं। वान बाई मेटलाइफ एपमार्फत पोलिसी पुनःसक्रिय गर्ने प्रक्रिया अहिले अझ छिटो, सजिलो र सुविधाजनक बनेको छ। हामी सबै ग्राहकहरूलाई यस विशेष अभियानको लाभ उठाई आफ्नो बीमा सुरक्षा पुनःस्थापित गर्न अनुरोध गर्दछौं ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.