सबै प्रकारको बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सबै प्रकारको बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । प्राधिकरणले शुक्रबार इजाजत प्राप्त सबै बीमकहरुलाई परिपत्र जारी गर्दै सबै किसिमका बीमा कारोबारमा आगामी माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको हो । प्रधिकरणले माघ १ गतेदेखि लागू हुने गरी नेपाली नागरिकको हकमा जारी हुने नयाँ बीमालेख, बीमालेखको...