नेपाल इन्स्योरेन्सको नाफामा १०१% को उछाल, ईपीएस ४९.८२ रुपैयाँ
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा १०१.१३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३० करोड ५४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म ४९ करोड १३ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।...