बंगुर बीमालेख जारी, यस्तो छ बीमाशुल्क र दाबी भुक्तानी प्रक्रिया
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बंगुर बीमालेख जारी गरेको छ । प्राधिकरणको पुष ४ गतेको निर्णयबाट ‘बंगुर बीमालेख’ स्वीकृति भई यो बीमालेख जारी भएको हो । प्राधिकरणका अनुसार यो बीमालेख बीमितले बीमाशुल्क भुक्तानी गरेपछि मात्रै प्रारम्भ हुनेछ । यस बीमालेखमा बंगुरको आगलागी वा अग्निको कारणले क्षति भए, हावाजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य क्षति, रोग तथा...