गार्डियन माइक्रो लाइफको आइपीओमा कति पर्यो आवेदन ?
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा १०.८३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साझ ५ बजेसम्म कम्पनीको आइपीओमा १४ लाख ९२ हजार ७६९ जनाले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा १ अर्ब ९९ करोड ९१ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताका लागि आवेदन परेको हो ।