सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब ६३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार भएका टप १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद माग भएको छ भने ६ वटाबाट भने उच्च बिक्री भएको छ । उच्च सेयर खरिद भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।

