नेप्सेको गिरावट आज पनि जारी, जानकार भन्छन्, ‘बलियो सपोर्ट जोनबाट छिट्टै रिभर्सल हुनसक्छ’
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आज गिरावटका साथ साताको सुरुवात गरेको छ । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १३.५३ अंकले घटेर २ हजार ५८३.२९ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६० प्रतिशतले घटेर ४४३.०८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ९१ लाख ८० हजार ७१८ कित्ता सेयर ४ अर्ब ५१ करोड ८३...

