नाफामा फर्कियो टक्सार पिखुवा खोला हाइड्रोपावर, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको छ । अघिल्लो आवमा ५६ लाख १२ हजार रुपैयाँ घाटामा रहेको कम्पनी ३ करोड ५५ लाख नाफा आर्जन गर्न सफल भएको छ ।

